Wednesday 30th September 2026

बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो


तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि बालक घर फर्किएको उनले बताए ।

घरमा टीभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैंची अड्किएपछि आफन्तले स्थानीय अस्पताल हुँदै नोबेल पुर्‍याएका थिए । गम्भीर अवस्थामा भर्ना भएका उनको ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले शल्यक्रिया गरी कैंची निकालेको थियो ।
अस्पतालका अनुसार, खेल्ने क्रममा घाटीमा अड्किएको कैची घरमा निकाल्न खोज्दा सानो आन्द्रासम्म पुगेको थियो ।

ढल्किएर टीभी हेर्दै मुखमा कैंची खेलाइरहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो । बालकले कैंची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैंची अझै भित्र पसेको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आफन्तले नोबेल लगेका थिए । नोबेल आइपुग्दा भने पेटमा कैंची पुगिसकेको थियो । गम्भीर अवस्थामा आएका बालकको तत्कालै शल्यक्रिया गरी कैंची निकालेको अस्पतालले जनाएको छ ।
-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...