Wednesday 8th April 2026

जनमत पत्रिकाको “पुष्कर अथक रेग्मी विशेषाङ्क” माथि तानसेनमा परिचर्चा


साहित्यिक मासिक जनमतमा प्रकाशित ‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र गोपाल सिंहले भने, “राष्ट्रिय स्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु हामी पाल्पालीको गौरवको विषय हो । पुष्कर पाल्पाको साहित्य क्षेत्रको बर्तमानमा अहोरात्र खटिरहने साँच्चै अथक पात्र हुन् । ”

विशेषाङ्कको परिचर्चा गर्दै साहित्यकार , पत्रकार एवं परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराईले भने, ” बहुमुखी प्रतिभाका धनी पुष्कर अथक रेग्मी बहुआयामिक हुनुका साथै वहुविधामा कलम चलाउदै र साहित्यका चारवटै विधामा कृति प्रकाशित गरिसकेका स्थापित साहित्यकार हुन् । जनमत पत्रिकाले उनको कदर गरि विशेषाङ्क निकालेको छ । विशेषाङ्कभित्र १९ जना स्रष्टाहरूले अथकको बारेमा विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएका लेखहरू प्रकाशित भएका छन् ।

पाल्पा साहित्य समाजको सचिव सविता भट्टराईको संचालन र स्वागत तथा पुष्कर अथक रेग्मीद्वारा धन्यवाद ज्ञापन गरिएको परिचर्चा कार्यक्रममा ४८ जना स्रष्टा र द्रष्टाहरूको उपस्थिति सहभागीता रहेको थियो । कार्यक्रमको समापनसंगै सबैलाई जनमत पुष्कर अथक रेग्मी विशेष अङ्क प्रदान गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...