Wednesday 7th January 2026

गुलेली काव्य “लक्ष्य” को तानसेन पाल्पामा लोकार्पण


नारायण कोइराला – गुलेली काव्य “लक्ष्य” को तानसेन पाल्पामा लोकार्पण भएको छ ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना साहित्यकार रोहित प्रसाद ज्ञवालीद्वारा लिखित गुलेली काव्य लक्ष्य लोकार्पण भएको हो । प्रमुख अतिथि गलेङ नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराईले, ” प्रनिष्ठानले निकै सराहनीय कार्यक्रम गर्दै आएको र नवीन कृतिको रूपमा गुलेली काव्य प्रकाशन भएकोमा नेपाली साहित्यमा थप योगदान पुगेको छ ” भनी लेखक र प्रतिष्ठानलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र ग‍ोपाल सिंह विशिष्ट अतिथिद्वयले शुभकामना मन्तव्य दिनुका साथै राधेश्याम ज्ञवाली , मुक्ति न्यौपाने , डा.शंकर गैरे,युवराज पौडेल , बाबुराम कार्की द्वारा प्रतिष्ठान, लेखक र कृतिको सफलताका लागि शुभकामना मन्तव्यका साथै लेखक रोहित प्रसाद ज्ञवालीद्वारा लेखकीय मन्तव्य व्यक्त गरिएको थियो ।

त्रिपदीय लघुतम गुलेली काव्य सङ्ग्रह लक्ष्यको समष्टिगत समीक्षा शीत काव्य समाज नेपालको केन्द्रीय कोषाध्यक्ष साहित्यकार इन्दिरा ज्ञवाली पौड्यालद्वारा गरिएको थियो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता र सदस्य पुनराम घिमिरेको स्वागतमा भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव छबिलाल भुषालद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेको वैधानिकता सोमबार संयुक्त राष्ट्र संघमा चर्चामा आउनेछ, तर ल्याटिन अमेरिकी राज्यमा आफ्नो सैन्य…

प्रतिकृयाहरू
...