Friday 6th March 2026

विग्रेका बामपन्थिले देश झनै विगारे


द्धण्दात्मक भौतिकबादमा विश्वास गर्ने दर्शन शास्त्रमा आधारित कम्युनिष्ट सिद्धान्त र दर्शनले मन्दिर, मस्जिद, चर्च र गुम्वाको पाउमा झुक्दैन । अर्थात नास्तिकता कम्युष्टिहरुको धर्म हो ।

त्यसैले नेपालमा कम्युनिष्ट सोच र विचार फैलाउनेहरुले मानिसलाई आफ्ना मौलिक आस्था, परम्परा, धर्म र सँस्कृती सँग विमुख गराउने काम गरे अचम्म त के भने यसका लागि पुंजीवादी देश तथा त्यहाँ रहेका बाईबलका पुजारीहरुले उनीहरुलाई मद्दत गरे र अझै गरिरहेका छन ।

प्रचण्ड र ओलीहरु पनि तिन कै उत्पादन हुन । रिम नामको क्रान्तिकारी सस्था को मुख्यालय अमेरिकामा रहेने गरेको कुराले त्यहि कुरा पुष्टि गर्दछ । उनीहरु कुनै समय त्यही रिम को सदस्य राष्ट्र थिए । अहिले रिम ले एमाले र माओवादी को साथ छाडिदिएको छ । त्यस सस्थाले क्रान्तिका नाममा कम्युनिष्टहरुलाई धार्मिक रुपमा नपुन्सक बनाई दिन्छ । जब उनीहरु सुधारबादी कम्युनिष्टहरुमा कित्तामा रुपान्तरित हुन्छन अनि तिनका पछि आईएनजीओमा छिराएर डलर बाढ्न थाल्छ । रिम को काम कटटर कम्युनिष्ट बनाउने र आफ्नो पहिचानबाट अलग गराएर नपुंसक बनाई दिने हो भने विभिन्न खालका दातृ सँस्थाहरुको काम ती नपुंसक भएका कार्यकता लाई आईएनजीओ मार्फत पाल्ने र उनीहरुको अबरोध लाई रोक्दै बाईबल को निर्वाध प्रचार गर्ने रहेको देखिन्छ । फिलिपिन्स मा भएकै त्यही हो । त्यहाँ उनीहरुको मौलिक धर्म, सस्कृती, पहिचान केही पनि बाकी छैन ।

किन उसले त्यसो गर्दछ भने कटटर कम्युनिष्ट बने पछि उ नास्तिक हुन्छ र नास्तिकता फैलाउन थाल्छ । जब नास्तिकता बढछ त्यसपछि त्यो समाजको आधार भत्किन्छ, एकता खलबलिन्छ र त्यहाँ खेल्न सजिलो हुन्छ । रिम ले नास्तिकता फैलाउने एनजिओले सेवाको हात बढाएर बाईबलीहरु को संख्या बढाउदै लाने । रिम होस वा आईएनजिओ अन्ततोगोत्वा एउटै मिसनका दुई अलग अनुहार हुन । भारतको मनिपुर र गोवा अहिले भारतीय सँस्कृतीबाट अलग भईसक्नुमा पनि तिनै पश्चिमा शक्तिहरुको हात छ ।

होली वाईन पिउन र पिलाउन राज्य नै संलघ्न भएको घटना त्यसैको एउटा ज्वलन्त उदाहरण हो । नेपालमा कम्युनिष्टहरु पुरै विग्रिसकेका माक्सवादका पत्रु औजार भएका छन । अझ भन्न पर्दा यीनीहरु सवका सव नक्कली कम्युष्टि हुन । चरित्र र सँस्कार सवै गुमाई सकेका बलात्कारी कम्युनिष्ट नेताहरु मुछिए पनि तिनको दलले कुनै कारबाही माग गर्न सक्दैन त्यसले त्यही कुरा देखाउछ की नेतृत्व पुरै स्खलित र भ्रष्ट छ । त्यहाँ कुनै चर्चा नै हुदैन । भ्रष्टचार र कमिसनमा डुवेको छ तिनलाई कुनै कारबाही हुदैन ।

नेताहरु सवै क्रिश्चियनको डलर, युएस आईडी वा यस्तै अनेकौ गैर राजनैतिक अन्तराष्ट्रिय सँस्थाबाट पालित पोषित एजेन्टमा परिणत भईसकेका छन । उनीहरुकै सहयोगमा प्रत्यक्ष वा परोक्ष रुपमा नेपाली भूमिमा क्रिश्चियानिटीले आजाद भएर काम गरिरहेको छ । तिनलाई अनुकुल बातावरण बनाई दिने काम हाम्रै नेताहरुले गरिरहेका छन र त्यसबापत उनीहरुले डलर कमाई रहेका छन । तिनका कार्यकतालाई एनजिओले पालि रहेको छ । आफ्नो र देशको पहिचान भुलिसकेका उनीहरुले झोले नामको अलग पहिचान अंगाल्न थालेका छन । नेताहरुको अर्कमन्यताले नास्तिकता लादेर भाडिएको समाजमा रहेको व्याप्त गरिबीको फाईदा अर्कैले उठाई रहेको छ । त्यसैको परिणाम आज देशमा हजारौ चर्च ठडिए, लाखौ मानिस क्रिश्चियन बने ।

नाटक पनि कति जानेका छन नेताहरुले भने नेपालमा सनातनी आस्थाका करोडौ मानिसहरु पार्टीबाट टाढा नहुन भनेर कोही भैसी पुजा गर्दै हिडेका छन, कोही पशुपतिमा जलहारी हाल्दै गरेको देखिन्छन । डलर पनि पचाउने र जनताको समर्थन पनि जुटाउने यीनको दोहरो मापदण्डमा राजनिती जकडिएको छ । अझ हाँस्यास्पद र लज्जास्पद कुरा त के छ भने हिन्दु अधिराज्य नेपाल हाम्रो पहिचान हो भन्न नसक्नेहरु किन पुजा गर्छन ? किन बाउ आमाको क्रियामा बस्छन ? किन होमादी र यज्ञ गर्दै हिड्छन बुझिनसक्नु छ । विचारमा पनि स्खलन, सोचमा स्खलन, संस्कृतीमा स्खलन । यति नपुसंकतामा बाँच्नेहरु कसरी कम्युनिष्ट हुँ भन्छन भन्या ?

ठुला कम्युनिष्ट पार्टीहरु सिद्धान्तमा स्खलित झुण्ड बनेका छन भने साना भुरे टाकुरे चित्रे पार्टीहरु अझै पनि कम्युनिष्ट हुँ भन्ने देखाउन अमेरिकाको विरोध गर्दछन, भेनाजुएला को समर्थनमा नारा लगाउछन । ईरान र प्यालेस्टाईनको समर्थन गर्दछन ईजरायलको विरोध गर्दछन । दक्षिण कोरिया र जापानको विरोध गर्दछन उत्तर कोरिया र भियतनामको समर्थन गर्दछन । भारतको विरोध गर्दछन पाकिस्तान को समर्थन गर्दछन ।

तिनले समर्थन गर्ने देशहरुमा न त नेपाली युवाहरुले रोजगारी पाएका छन, नत ती देश ले नेपाल लाई सहयोग गरेका छन । तिनले सत्ता पाउने हो भने कस्तो विदेश निती तय गर्लान ? जनताको स्वार्थ र देशको स्वार्थ सँग गोरु बेचेको साईनो नभएका मुलुक तिनलाई प्यारो लाग्छ । यस्ता राजनैतिक दल भए सम्म र तिनका पछि मुर्दावाद र जिन्दावाद भन्ने कार्यकर्ता रहे सम्म देश बदनाम मात्र भईरहन्छ । साम्राज्यबाद र पुंजीवादको विरोध गर्न मात्र सिकाउने कस्तो अर्थशास्त्र पढदा हुन । आफ्नै नेताहरु सामन्त छन , आफ्नै नेताहरु तिनै पुंजीवादी देशका डलर मा पालिपोषित छन । विकेक र पहिचान गुमाएकाहरु ले लाग्ने पार्टी कम्युनिष्ट हो भन्ने की के भन्नु पर्ने हो कसैले भनिदिन परर्यो ।
-तोयानाथ उपेक्षित,


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...