Sunday 10th August 2025

झोले : शीत (क-ज्ञ सम्म )


पुष्कर अथक रेग्मी

झोले
भन्यो
यहाँ
‘को’ ले ।१।

गृह
अर्थ
गुह्य
खोले।२।

कठै
बरा
पूर्वे
गोले ।३।

मर्ने
बेला
पाप
घोले।४।

अर्थ
शून्य
शब्द
‘ङो’ ले ।५।

एक्लो
पात्र
यौटा
चोले ।६।

खान
दिन्छ
सधैं
छोले।७।

जिन्दा
वाद
भन्छ
‘जो’ ले ।८।

यौटै
भाष्य
बोल्छ
झोले ।९।

स्थान
मान
ख‍ोज्यो
‘ञो’ले।१०।

चुरी
फुरि
गर्छ
टोले ।११।

फुच्चे
डन
नाम
ठोले।१२।

बनी
दियो
आफै
डोले।१३।

कुरा
काटी
बोल्छ
ढोले।१४।

हुन्छ
केपो
लेख्दा
‘णो’ ले।१५।

तल
माथि
सधैं
तोले ।१६।

अण्डे
जिब्रे
दन्ते
थोले ।१७।

डोली
पिङ
अर्थी
दोले।१८।

कालो
मोसो
दली
धोले ।१९।

होत
आफै
व्यक्ति
नोले ।२०।

पालै
पालो
सबै
पोले।२१।

सुन
चाँदी
मान्छे
फोले।२२।

अति
भयो
अनि
बोले।२३।

उठ
जाग
अब
भोले।२४।

हात
पाउ
सबै
मोले।२५।

तर
अब
फाल्छ
‘यो’ले।२६।

जेल
बसी
सधैं
रोले।२७।

जेष्ठ
कच्चा
बच्चा
लोले ।२८।

शोध
खोज
सोंच
वोले ।२९।

फेरि
हेर्नु
फिल्म
शोले।३०।

कथा
व्यथा
खै के
‘षो’ ले ।३१।

शिर
नीच
पाउ
सोले ।३२।

घारो
कात्रो
मर्यो
होले ।३३।

यत्र
तत्र
क्षोभ
क्षोले ।३४।

जन्म
कर्म
मृत्युु
त्रोले।३५।

झोले
कार्य
कर्ता
ज्ञोले ।३६ ।

श्रीनगर, तानसेन


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

अमेरिकाको एउटा घरमा ठोक्किएको उल्कापिण्ड पृथ्वी ग्रहभन्दा पुरानो भएको वैज्ञानिकहरूले बताएका छन्। जुन २६ मा जर्जिया राज्यमा विस्फोट हुनुअघि उक्त…

प्रतिकृयाहरू
...