Wednesday 14th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः देशको लागि काम …


देशको लागि काम गर्ने मान्छे तनावमा छन
भ्रष्ट र दलालले देशमा शासन गरेका छन
लुटेर खानेलाई देश चाहिदो रहेछ
दुई छाक खानलाई परदेश चाहिदो रहेछ ।।

मनमा पिर बोकेर देशमा कसरी क्रान्ति हुन्छ
शासक वर्गमा चेतना कहिले पो आउँछ
जनताको मनमा शान्ति कहिले आउँछ
कुरा मात्र ठुलो गर्छन देशमा गणतन्त्र छ ।।

जनता र देशको हितमा काम गर्ने को छ
हुकुमी शासनले देश कहिले सम्म चल्छ
मन पर्ने लुगा किन्न सकिएन
पसिनाको मुल्य कहिले पाईएन ।।

चुहिने घरको धुरी छाउन सकिएन
यो देशमा गरिबीमा बाच्न सकिन्न
टाउकेहरुले देश बर्बाद बनाउन थाले
भ्रष्ट भ्रष्ट मिलेर भ्रष्टाचारको खेती गर्न थाले ।।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...