Sunday 25th May 2025

सोल्टी ग्रुपको आयोजनामा कुवेतमा सोल्टी म्युजिकल इभेन्ट हुने


सोल्टी ग्रुपको आयोजनामा कुवेतमा भव्य सोल्टी म्युजिकल इभेन्ट हुने भएको छ। हालका चर्चित गायक दुर्गेश थापा र लोकप्रिय गायिका अस्मिता अधिकारीसहित पाँचजना कलाकारले उक्त कार्यक्रममा साङ्गीतिक प्रस्तुती दिने भएका छन्।

सोल्टी ग्रुपका अनुसार, कार्यक्रममा दुर्गेश र अस्मिता बाहेक गायिका मिरा पोखरेल, गायक जितु लोप्चन र कृष्ण रिउलेको पनि सांगीतिक प्रस्तुती रहनेछ। सोल्टी म्युजिकल इभेन्ट आगामी जुन ७ तारिख, शुक्रबारका दिन कुवेतको जिलिबस्थित अस्पायर इण्डियन स्कुलमा हुने कार्यक्रम मध्यान्ह २ बजेबाट सुरु हुनेछ।

कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको सोल्टी ग्रुपका सदस्य विकास सिंह ठकुरीले जानकारी दिए। उनले कुवेतमा श्रमरत नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाए।


सम्बन्धित शीर्षकहरु

नेपाल परोपकार समाज कुवेतले आगामी अगष्ट ८ तारिख २०२५ मा आफ्नो चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आयोजना गर्ने भएको…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले “कठपुतली” पीएमएल-एन सरकारसँग वार्ता गर्नु व्यर्थ भएको बताएका छन् र आफू सैन्य प्रतिष्ठानसँग वार्ता गर्न…

चिनियाँ वैज्ञानिकहरूले अन्तरिक्षमा नयाँ ब्याक्टेरिया पत्ता लगाएका छन्। वैज्ञानिकहरूले तियाङगोङ अन्तरिक्ष स्टेशनमा ब्याक्टेरियाको यो नयाँ प्रजाति पत्ता लगाएका छन्। इन्टरनेशनल…

प्रतिकृयाहरू
...