Wednesday 14th January 2026

उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक


आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो।
सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो। बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गईरहेको छ। यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ।

उच्च रक्तचाप वर्तमान अवस्थाको एउटा डरलाग्दो स्वास्थ्य समस्या हो। यसमा सबैको ध्यान जान जरुरी छ। उच्च रक्तचापलाई हृदय रोगको प्रमुख तत्व मानिन्छ यसलाई समयमा नियन्त्रण नगरे, मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन्।

औषधिको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुभन्दा समय समयमा जाँच गर्नु ठीक हुन्छ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ। उच्च रक्तचापबाट बच्नको लागि धुम्रपान, मद्यपानबाट टाढा रहनुको साथै, दैनिक ब्यायाम र खेलकुदमा आफूलाई संलग्न गराउन आवश्यक हुन्छ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...