Tuesday 17th February 2026

पाकिस्तानद्वारा विद्युत् वितरण प्रणालीमा आक्रमण : जी-७ को चेतावनी—दक्षिण एसियामा युद्धको बादल


पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको छ।

यद्यपि यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न अल जजीरा लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सकेका छैनन । भारतीय सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच भारत-प्रशासित जम्मु र कश्मीरको उधमपुर जिल्लाको डिब्बर क्षेत्रमा ठूलो विस्फोट तथा संकटकालिन आवाज (साइरन )बजेकोभारतीय समाचार संस्था एएनआइले जनाएको छ। उनीहरूले प्रकाशित गरेको श्रब्यदृश्य (भिडियो)मा उक्त क्षेत्रबाट बाक्लो धुँवाको मुस्लो उठिरहेको देखिन्छ।

यो विस्फोट पाकिस्तानको सेनाले भारत विरुद्ध ‘बुनयान मर्सूस’ नामक प्रतिकारात्मक सैन्य कारवाही घोषणा गरेपछि केही मिनेटमै भएको हो।

जी७ समूह (विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरू) ले भारत र पाकिस्तानबीचको बढ्दो तनावलाई “क्षेत्रीय स्थिरतामाथिको गम्भीर खतरा” भन्दै दुबै पक्षलाई अत्यधिक संयम अपनाउन आह्वान गरेको छ।

क्यानडाको सरकारी संजालस्थल (वेबसाइट) मा प्रकाशित विज्ञप्तिमा भनिएको छ: “हामी दुबै देशलाई प्रत्यक्ष संवादमा संलग्न हुन आग्रह गर्छौ। कुनै पनि थप सैन्य वृद्धि नागरिकको सुरक्षामाथि प्रतिकूल असर पार्न सक्छ।” जी७ ले दुवै पक्षलाई तुरुन्त कूटनीतिक समाधान खोज्न र द्वन्द्वलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको छ।

यस सैन्य र साइबर आक्रमणको श्रृंखला दक्षिण एशियाली क्षेत्रमा नयाँ संकटको संकेत हो।

(स्रोत: अल जजीरा)


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...