Thursday 19th March 2026

लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा पुष्कर अथक रेग्मी सम्मानित


ऐतिहासिक नाटक संग्रह ‘अमरपात्र’ का लेखक साहित्यकार पुष्कर अथक रेग्मी लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा बुटवलमा सम्मानित भएका छन् ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानद्वारा आयोजित, नेपाली नाट्यप्रतिष्ठान पोखराद्वारा प्रकाश नाट्यविमर्श’ लोकार्पण विमर्श एवं सम्मान कार्यक्रममा अथकलाई ‘लुम्बिनी नाट्य रत्न सम्मान -२०८२’ द्वारा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख माननीय तुलबहादुर घर्ती र लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादद्वारा सम्मानित गरिएको हो । प्रतिष्ठानले अथक सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्रष्टाहरूलाई समेत सम्मान गरेको छ ।

पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुन। उनी पा्ल्पामा बसी साहित्यिक अभियानहरू संचालन गर्दै आएका छन् । काव्य आख्यान निबन्ध र नाटक चारैवटा विधामा दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका अथकले ऐतिहासिक नाटक संग्रह ‘ अमरपात्र ‘ प्रकाशित गरिसकेका छन् । म‍ोफसलमा बसेर पाल्पाका राजा मणिमुकुन्द सेन, राजा पृथ्वीपालसेन, काजी अमरसिंह थापा र कर्णेल उजिरसिह थापाको जीवनीमा आधारित नाट्यकृति प्रकाशित गर्नु भएको र नेपाली नाट्यकृति प्रकाशनको क्रममा सहयोग पुराए बापत अथकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लोकार्पण गरिएको ग्रन्थ ‘ नेपाली नाट्यविमर्श ‘ चारखण्डमा संरचित छ । पहिलाे खण्डमा अनुसन्धान,दाेस्राे कार्यपत्र , तेस्राे वार्ता र चाैथाे परिशिष्ट खण्ड रहेको छ । ग्रन्थ नेपाली नाट्य वाङ्मयकाे ऐतिहासिक दस्तावेजको रूपमा रहने छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...