Thursday 15th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हामी नेपाली भएर…


हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ
यो पवित्र भूमिको पवित्रता चिन्न सक्नुपर्छ
हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर चिनिन्छौ
हामी सबैमा एकता छ एकताले देश बनाउछौ ।।

शिरमा हाम्रो हिमाल छ हृदयमा मेची काली
आयौ वीरताको गाथा लिएर शान्तिको सन्देश बोकी
सुन्दर छन तराईका फाटहरु र हिमालका दृश्यहरु
मुलुकमा दिगो विकास गर्न गर्नु पर्छ क्रान्तिहरु ।।

देश प्रतिको प्रेम कस्तो हुन्छ देखाउनु छ ?
देशभक्त सपुत बनेर देखाउनु छ
देशको लागि बाचौ हामी देशको लागि बाच्नुपर्छ
आफू भन्दा बढि देशलाई माया गर्नुपर्छ ।।


सम्बन्धित शीर्षकहरु

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

प्रतिकृयाहरू
...