Wednesday 22nd October 2025

शीत परिकल्पनाकार अथक सम्मानित


पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी राष्ट्रिय सुसेली फाउन्डेसनद्वारा काठमाडौंमा सम्मानित भएका छन् । फाउन्डेसनको सातौ वार्षिक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा रेग्मीलाई समीक्षकको रूपमा ‘ चन्द्रा कमला शिवहरि वाग्ले सुसेली सम्मान ‘ ले प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता साहित्यकार चन्द्रा न्यौपानेद्वारा सम्मान गरिएको हो । फाउन्डेसनले रेग्मी सहित विभिन्न विधाका पन्ध्रजना स्रष्टाहरूलाई सम्मान गरेको छ ।

पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुन। उनी पा्ल्पामा बसी साहित्यिक अभियानहरू संचालन गर्दै आएका छन् । दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका अथकले परेवा र नवजनचेतना पत्रिकामा समीक्षा लेख्दै आएका छन् । समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा य‍ोगदान पुर्याए बापत अथकलाई सम्मान गरिएको हो ।

अन्य सम्मानित व्यक्तित्व र सम्मानहरू

१.चन्द्रा-कमला-शिवहरि वाग्ले सुसेली सम्मान :
स्रष्टा / समीक्षक श्री पुष्कर अथक रेग्मी

२.जन्मभूमि सुसेली सम्मान :
वरिष्ठ कवि श्री ठाकुर शर्मा भण्डारी

३.डा. शेष-चन्द्रा न्यौपाने सुसेली सम्मान :
वरिष्ठ कवि डा. श्री यज्ञश्वर निरौला

४. राम-सुशीला सुसेली सम्मान :
वरिष्ठ कवि प्राज्ञ डा. देवी नेपाल

५. सुचिता-ऋतु सुसेली सम्मान :
वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’

६. केशव-विमला सुसेली सम्मान :
वरिष्ठ कवि श्री वेदमणि घिमिरे

७. कमला देवकोटा सुसेली सम्मान :
वरिष्ठ कवि प्राज्ञ डा. हेम पौडेल

८. बम-जानुका सुसेली सम्मान :
वरिष्ठ कथाकार प्राज्ञ श्री माया ठकुरी

९. मुरली-सरस्वती सुसेली सम्मान :
वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवाली

१०. कृष्ण-गुनु सुसेली सम्मान :
कविन्द्र श्री कलानिधि दाहाल

११. गंगा सुसेली सम्मान :
महाकाव्यकार श्री चन्द्रप्रसाद न्यौपाने

१२. गंगा सुसेली सम्मान :
समीक्षक श्री अरुण नदी‌ खत्री ।

१३. चन्द्रा-कमला-शिवहरि वाग्ले सुसेली सम्मान :
वरिष्ठ साहित्यकार एवम् पत्रकार श्री छविरमण सिलवाल

१४. राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान :
प्रकाशक, साहित्यकार एव मिडियाकर्मी श्री दामोदर
ढकाल ‘दीपक’ ।

१५. राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान :
साहित्यकार एवम् टेलिभिज कार्यक्रम प्रस्तोता श्री सुशीला ढकाल अधिकारी ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि…

तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा  युवकको कुटपिटबाट  वृद्ध महिलाकाे हत्या भएको छ । गए राति  सोही…

तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति…

प्रतिकृयाहरू
...