Thursday 8th October 2026

निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श


पाल्पा साहित्य समाजको आयोजनामा साहित्यकार भागवत खनालको निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षाविद् डा. रामप्रसाद ज्ञवाली प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रमुख अतिथिले “भागवत खनालको कृतिमा जीवन वोध रहेको र सबैका लागि उपयोगी एवं प्रेरणादायी रहेको” भनी बताउ भयो । निबन्ध सङ्ग्रहमाथि साहित्यकार डा. टंकप्रसाद पन्थ र समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा चर्चा परिचर्चा सहित समीक्षा गरिएको थियोे ।

नेपाली लेखक संघका अध्यक्ष गोबिन्द खनाल,कालीगण्डकी करिडोर योजना प्रमुख कल्पना अधिकारी , विशिष्ट अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।लेखक भागवत खनालद्वारा धन्यवाद सहित मन्तव्य राखिएको थियो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार चित्रवलीराम सुवाल र कार्यक्रम संचालन सचिव सविता भट्टराईद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...