Monday 12th October 2026

शीत काव्य समाज नेपालको आयोजनामा दुइ शीत कृतिहरू “ईश” र “प्रकृति” को लोपार्पण


शीत काव्य समाज नेपालको आयोजनामा दुई शीत कृति लोकार्पण भएको छ । समाजद्वारा काठमाडौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् लेखक मानार्थ शीत ईश्वर लव जोशीद्वारा कृति लोकार्पण गरिएको हो । सम्वोधनको क्रममा प्रमुख अतिथिले भन्नुभयो ,” जन्मभूमि पाल्पाबाट परिकल्पना गरिएको शीतको व्यापकता बढदो छ । शीतयात्रीलाई उत्प्रेरणाका लागि पुरस्कार कोषहरू समेत स्थापना भएका छन् । नयाँ कृतिकारद्वयलाई बधाई शुभकामना । शीत काव्यको भविष्य सुन्दर छ,किनकि अक्षयकोष स्थापना भएका छन् । कृतिहरू प्रकाशित भइराखेका छन् ।”

शीत कृति ” प्रकृति ” प्रकाशित गरी साहित्यकार सत्यनारायण ढकाल नवौं शीत ईश्वर र
शीत कृति ” ईश” प्रकाशित गरी साहित्यकार भोजभक्त कँडेल दशौं शीत ईश्वरको रूपमा प्रतिष्ठापित हुनु भएको छ । दुवै कृतिमाथि परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा समीक्षा गरिएको थियो । हालसम्म शीतका पन्ध्रवटा कृति प्रकाशित भइसकेका छन् भने शीत कल्प कृति प्रकाशित गरि दशजना शीत ईश्वरको पदवीद्वारा विभुषित भइसक्नु भएको छ।

सुख शान्ति मिडियाको संयोजनमा आयोजित कार्यक्रममा शीत वाचन र गायिकाहरू दीपा दियाली र रेणु दुलालद्वारा शीतगायन हुनुका साथै कृतिका लेखकहरू ,नोवेल साकोसका संस्थापक राजन न्यौपाने , घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली ,आगोका परिकल्पनाकार दीर्घबहादुर चन्द , सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटे,उतार प्रवर्तक टंक बहादुर बजगाइँ, आधुनिक साहित्य परिषदका अध्यक्ष मुरली प्रसाद ढकाललगायतद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे ।अध्यक्ष कृष्ण के.सी.ले निकट भविष्यमै शीत ईश्वर हरू सहितको र्याली सहित शीतयात्रा आयोजना गर्ने उदघोष गर्नु भयो । कार्यक्रम शीत काव्य समाज नेपालका अध्यक्ष प्रथम शीत ईश्वर कृष्ण के.सी. को अध्यक्षता र महासचिव दामोदर ढकालको संचालनमा सम्पन्न भएको थियोे ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...