Thursday 22nd January 2026

लघुकथा:सोच -नारायण कोइराला


चोकको भीडले मेरो ध्यान खिच्यो। म त्यतै गएँ।मानिसहरूको भीडले एउटा अधबैँसे मानिसलाई घेरेर राखेका थिए।उनको हातमा मोटा पुस्तक थिए।

मानिसहरू पुस्तक किन्दै थिए। मैलेँ गोजी छामछुम पारेँ। बल्लतल्ल पुस्तकलाई पुग्ने पैसा निस्कियो।पुस्तक किनेँ।
पुस्तक बेच्ने मान्छेलाई हेरेँ।अनुहारमा छलकपट देखिनँ।
पुस्तकमा पनि उनको अनुहार रहेछ।

मैलेँ देशको अनुहारसँग पुस्तकको अनुहार तुलना गरेँ।विचारसँग तुलना गरेँ।उस्तै भेटेँ। छलकपटसँग पनि तुलना गरौँ न त भनेँ।तुलना गरेँ।पुस्तक वैज्ञानिकले विज्ञानको विकास गर्न देशको भविष्य कोर्न लेखेका रहेछन्। छलकपट भेटिएन।

सोचेँ,
पुस्तकका लेखक जस्तै वैज्ञानिक मस्तिष्क भएका शासक हाम्रो देशमा कहिले आउलान्।

तानसेन पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...