Sunday 11th October 2026

राजतन्त्र पुर्नस्थापनाको पक्षमा काठमाण्डौंमा प्रदर्शन


संघीय राजधानीको काठमाडौंमा हजारौं नागरिकले राजतन्त्र पुर्नस्थापनाको पक्षमा प्रदर्शन गरेका छन् । राप्रपा र राप्रपा नेतासहितका दल तथा विभिन्न संघसंस्थाको आव्हानमा ठूलो संख्यामा भेला भएका नागरिकले पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै राजतन्त्र पुर्नस्थापनाको मागसहित प्रदर्शन गरेका हुन् । पोखरासहितका केही स्थानमा धार्मिक कार्यक्रम सकेर काठमाडौं फर्किएका पूर्व राजा शाहलाई स्वागत गर्न राप्रपा र राप्रपा नेपालका शीर्ष नेताहरु पुगेका थिए ।

पूर्व राजाका समर्थकहरुले विमानस्थलको मूलगेटदेखि र्‍यालीसहित निर्मल निवाससम्म पु¥याइएको बताएका छन् । राजतन्त्र समर्र्थकहरु राष्ट्रिय झण्डा, फूलमाला र पूर्व राजाको तस्वीर अंकित टिसर्ट, ब्यानर एवम् पम्प्लेटसहित सहभागी भएका थिए । उनीहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्दै प्रमुख दलका नेताहरुको नाम नै लिएर नारावाजी गरेका थिए । राजतन्त्र समर्थकले गरेको आजको प्रदर्शन गणतन्त्र स्थापनापछि अहिलेसम्मकै ठूलो मानिएको छ ।

प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन दिनभर जसो प्रभावित भएको थियो । स्थानीय प्रशासनले उनीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । यसअघि पूर्व राजा शाहलाई पोखरामा साँस्कृतिक झाँकीसहित विदाइ गरिएको थियो । राजतन्त्रको पक्षमा प्रदर्शन गरेका दल र संघसंस्थाले आगामी दिनमा गर्ने कार्यक्रम भने तय गरेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...