Thursday 15th January 2026

अवैध सुन खानी भत्किँदा ४० जनाभन्दा बढीको ज्यान गयो


पश्चिम अफ्रिकी देश मालीमा शनिबार अवैध सुन खानी भत्किँदा ४० जनाभन्दा बढीको ज्यान गएको छ जसमा अधिकांश महिला छन् । यो घटना मालीको पश्चिमी क्षेत्र केएसमा भएको हो।

सुन खानी मजदुर युनियनका एक नेताले समाचार एजेन्सी रोयटर्सलाई भने कि केही व्यक्तिहरू पहिले नै निर्माण गरिएको खानीको माथिल्लो भागमा सुनका टुक्राहरू खोज्न गएका थिए जसका कारण खानी पसेको थियो। यद्यपी मृतकको संख्याबारे अवस्था अझै स्पष्ट भइसकेको छैन ।

समाचार एजेन्सी एएफपीले स्थानीय प्रहरीको एक स्रोतलाई उद्धृत गर्दै खानी भत्किने घटनामा ४८ जनाको मृत्यु भएको जनाएको छ। उद्योग संघका प्रमुखले रोयटर्सलाई ४३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

मालीमा तीन हप्तामा यो दोस्रो घातक खानी दुर्घटना हो। यसअघि जनवरीको अन्त्यतिर अचानक खानीमा पानी पसेपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो । माली विश्वको सबैभन्दा ठूलो सुन उत्पादन गर्ने देश हो। यहाँका सुन खानीमा धेरैजसो यस्ता गतिविधिमा नियम नपुग्ने र सुन उत्खननका लागि असुरक्षित विधि अपनाइने भएकाले दुर्घटना हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...