Wednesday 22nd January 2025

“कल्याणकारी-हाला-मुजैनी कप” भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक हुने


कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको “कल्याणकारी-हाला-मुजैनी कप” अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ । भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक नबराज पराजुलीले दिएको जानकारी अनुसार भलिबल प्रतियोगिताको टाइसिट माहबुला स्थित भलिबल मैदानमा साँझ ५ बजे हुनेछ ।

आयोजकले प्रतियोगितामा प्रथम हुने टिमलाइ २५१ केडि नगदको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने जनाएको छ । त्यसै गरि द्वित्तीय र तृतीय हुने टिमलाइ क्रमश १५१ र ७५ केडि नगद पुरस्कारको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने भएको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क २० केडि तय गरिएको जनाउँदै टाइसिटको लागि टिम मेनेजर वा टिम क्याप्टनले भाैतिक रूपमा उपस्थित हुनु पर्ने, टेलिफोन सम्पर्कबाट टिम दर्ता नगरिने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको कोलकाता स्थित एक सरकारी अस्पतालकी एक चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा सोही अस्पतालका नागरिक स्वयंसेवक रहेका सञ्जय रोयलाई दोषी…

प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता …

प्रहरीले  एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ। पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको…

प्रतिकृयाहरू
...