Friday 28th August 2026

‘निरेम सांगीतिक उत्सव’ फ्रेब्रुअरी २१ मा


निरेम प्रोडक्सनले सन् २०२५ को ‘भ्यालेण्टाईन डे’ अर्थात प्रणय दिवस तथा स्थानीय पर्व ‘हाला फेब’ को अवसर पारेर ‘निरेम म्युजिक फेस्ट’आयोजना गर्ने भएको छ । मुख्यत : युवा तन्नेरीहरूले फेब्रुअरी दोस्रो साताभरी मनाउँने प्रणय दिवसमा यसपाली निरेमले ‘टिनएज’ नेपाली समूदायलाई लक्षित गर्दै प्रणय उत्सव लक्षित सांगीतिक उत्सव गर्न लागको हो । पूर्वघोषित मिति अनुशार फेब्रुवरी १४ तारिक हुने भनिएको उक्त उत्सव प्राविधक कारणले गर्दा एकसातापछी अर्थात फ्रेब्रुअरी २१ मा जिलिवस्थित एस्पायर स्कुलमा हुने निरेमले जनाएको हो । कुवेतमा साताब्यापी रुपमा मनाईने स्थानीय उत्सवको पर्व ‘हाला फ्रेब्रुअरी’ लाई समेत समेट्नेगरी यो सांगीतिक उत्सव गर्न लागिएको निरेम सांगीतिक उत्सव २०२५ का संयोजक सुरेन्द्र लिम्बुल बताए । उनका अनुशार कार्यक्रमको तयारी तिब्र रुपमा भैरहेको छ भने सो सांगीतिक प्रस्तुतीका लागी नेपालबाट आउने कलाकारहरुको नामावली टुंग्निने प्रकृयामा छ । कलाकार र कार्यक्रमको पोस्टर छिट्टै सार्वजनिक गरिने संयोजक लिम्बुले बताए ।
उक्त उत्सवमा नेपाली सांगीतिक समूहकको प्रस्तुति रहने छ भने साथमा बिभिन्न प्रेमिल सांगित र साहित्यिक प्रस्तुति हुनेछ । नेपाली श्रमगन्तव्य मध्यको प्रमुख मानिने कुवेतमा युवा श्रमिकको संख्या पनि उल्लेख्य भएका कारण प्रणय सम्बन्धित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक निरेमको दावि छ ।
बहुसंख्यक मुस्लिम समुदायको बाहुल्य रहेको कुवेतमा नेपाली श्रमीकहरुलाई कामको अलावा मनोरञ्जन गर्ने साधन र स्थानको सिमितता रहेको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि ‘फ्रेस’ बनाउँने आयोजकको भनाई छ । बिशेषगरी रोम समुदाय र संस्कृतिबाट सुरु भएको भ्यालेण्टाईन डे बिस्तारै मध्यपूर्व र एसिया हुँदै नेपाल र नेपाली समुदायकाबिच पनि लोकप्रिय हुँदै जानथालेको छ । सेन्ट भ्यालेण्टाईनको प्रेम प्रसङ्गको सम्झनामा मनाउँन सुरु भएको भ्यालेण्टाईन डे युवा युवतीले बिशेष प्रेम पर्वको मनाउँने गर्दछन् । त्यस्तै, कुवेतका स्थानीयहरु फ्रेब्रुअरी महिना भरिलाई हाला फेबको रुपमा पनि मनाउँने गर्दछन् । फ्रेबुअरी महिनाभर कुवेतको झण्डा फहराई कुवेत सहित अरबको बिभिन्न सांस्कृतिक झाँकिहरु प्रदर्शन गर्ने, पानीको फोहरा हानेर रमाईलो गर्ने जस्ता गतिबिधिहरु गरिन्छ । आयोजक निरेमले आसन्न सांगीतिक उत्सबमा उपस्थित भएर भब्य रुपमा सम्पन्न गर्नको लागी कुवेतस्थित दूतावास, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , संचारकर्मी लगायत सबै श्रमिक तथा नेपाली समुदायलाई अपिल गरेको छ ।

निरेम ग्रुप अफ कम्पनीअन्तर्गत सञ्चालित निरेम प्रोडक्सन ले खासगरी विगत नौ वर्षदेखि कुवेतमा परोपकारी पत्रकारिता र मल्टिमिडिया क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ । साथै, नेपाली कला साहित्य , संस्कृति र प्रतिभा प्रबर्द्धनमा क्रियाशील यस प्रोडक्सनले ‘निरेम सांगितिक उत्सव २०२५’ लाई स्मरणीय र ऐतिहासिक बनाउन आवाश्यक सबै तयारी पूरा गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...