Wednesday 1st April 2026

बैंककबाट साउथ कोरिया फर्किएको विमान अवतरणका क्रममा दुर्घटना ४७ को मृत्यु


दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।

दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन् कि दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ। उद्धार कार्य अझै जारी छ। विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एक जना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...