तोयानाथ उपेक्षित, दाहाल, रबि लामिछाने दोहरो नागरिकता काण्डमा समातिदा मैले उनीमाथि सहानुभूती मात्र जाहेर गरे । उनका कमजोर कानूनी सल्लाहकारका कारण उनले सजाय पाएको महसुस गरे । केही अंश उनको ईगो पनि मिसिएको थियो होला । एक पटकको नेपाली सधैको नेपाली भन्ने पनि लाग्यो होला । अमेरिकन नागरिकता त्यागे पछि र आफूसँग भएको नेपाली नागरिकता खारेज नभए पछि म स्वत नेपाली नागरिक भन्ने पनि भयो होला । तर कानूनका छिद्रहरुबाट राज्यले धेरै खेल खेल्छ भन्ने कुरा उनको अपरिपक्क राजनितीक यात्राको दोष शिवाय के थियो र ?
उहिल्यै मोरङबाट निर्वाचित एमाले सांसद लालबाबु पण्डित मन्त्री हुदा दोहोरो नागरिकताका सम्बन्धमा सशक्त रुपमा उठेको मुद्धा थियो यो । उनले ग्रिन र पिआर हुने कमसेकम कर्मचारीलाई शुद्धिकरण गर्न खोजेको थिए । देश गरिब अनि झनझन गरिब हुदै जानुमा भ्रष्टाचारीहरुको दोहरो नागरिकता सम्पती लुकाउने राम्रो माध्याम बनेको उनले बुझेर नै त्यसलाई रोक्न खोजेका थिए तर उतिबेला लालबाबु पण्डितलाई कसैले साथ दिएनन् । दिउन पनि कसरी ? हरेक नेता र राष्ट्रसेवक भनिएका माथिल्लो निकायका सवै जसोसँग दोहोरो नागरिकता थियो र अझै पनि त्यस्ता मानिस आफ्नो वा परिवारको विदेशमा व्यवस्थापन गरेर स्वदेशमा पदमा आशिन छन् । लालबाबु ले हारे, देशले हार्यो ।
त्यसको धेरै वर्ष पछि एकाएक एमाले कांग्रेसको साम्राज्य भत्काउछु भन्दै राजनितीमा उदाएका रबि लामिछाने त्यसको शिकार भए । उनलाई दोहोरो नागरिकताको कानून लाग्यो । उनको सांसद र मन्त्रीको पद गयो । त्यसपछि त्यो विषय त्यही सिद्धियो । मानौ यो देशमा रबि मात्र त्यस्ता नागरिक थिए जसलाई कारबाही गरे पछि अब नेपालमा दोहोरो नागरिकता भएका नेता, कर्मचारी वा प्रशाशक, सुरक्षा निकाय, कुटनैतिक निकाय लगायत कतै पनि त्यस्ता मानिस नत विगतमा कोही थिए, न बर्तमानमा कोही छन भने जस्तै भयो । रबिले अमेरिकन नागरिकता त्यागेर पनि नेपाली नागरिकतालाई पुर्न प्राप्ती नगरेको झिनो मसिनो गल्ती एटमबम जस्तै कोलाहल लिएर आयो । त्यति बेला नै लाग्यो रबि माथि भलो नियतले न राज्य चल्दैछ न त दलहरु चलेका छन् । बाह्र भाई मिडियाको खेदाई र पेलाई झन भनिनसक्नु थियो र अझै छ । उनीहरुसँग पत्रकारिताका कुनै ईथिक्स नै देखिन्दैनन । आफूलाई व्यवसयिक भन्ने तर मिसन पत्रकारिता गर्नेहरुको तारो बनेका छन रबि । देखादेखि राज्य संयन्त्रलाई अपराधिकरण जत्थामा परिणत गरेर आफ्ना विरोधी सिद्धयाउने अभियानमा ठुला भनिएका दलहरुको कुकर्म देखेर मलाई रास्वपा बन्न मन लाग्यो तर सदस्यता लिईन ।
हरेक भुई मान्छेहरुको समर्थनलाई अण्डरस्टिमेट गरिने समाजमा मेरो समर्थन र विरोधको केही तुक छैन भन्नेहरुलाई मेरो कुनै जवाफ छैन । उनीहरुले जनतालाई हेप्नु सामान्य कुरा हो । उनीहरुले जनतालाई ढाटनु उनीहरुको राजनैतिक धर्म नै हो । मैले उनीहरुलाई धम्काउनु पनि छैन, फकाउनु पनि छैन । जनता जहिल्यै मुद्धा विशेषमा समर्थन र विरोध गर्ने हुनु पर्दछ । मेरो समर्थन रास्वपालाई चिरकालिन होईन, जबसम्म उनीहरुले गल्ती गर्दैनन । मेरो समर्थन अन्यायको विरुद्ध हो । आशाको दियो ननिभोस भन्नलाई हो । जसले मनमा सन्तोस जगाउछ । त्यसो त चुच्चे नक्सा निकाल्दा एमाले र ओली सरकारलाई खुलेर समर्थन गरियो । जब पुस्तकमा छाप्ने कुरा आयो एमाले व्याक भयो, मेरो समर्थन पनि व्याक भयो । राष्ट्रियताको स्टन्ट गरेर जनता झुक्याउने तर भित्र भित्रै को बढी भारत र पश्चिमाको भक्त हुने भनेर प्रतिस्पर्धा गर्ने कांग्रेस र एमालेमा कुनै फरक छैन भन्ने मज्जाले बुझियो ।
अहिले रास्वपा सभापति रबि लामिछाने प्रहरीको हिरासतबाट अदालतको ढोकासम्म पुगेका छन । यो लेख लेख्दै गर्दा उनको सांसद पद निलम्बित गरिएको छ । यति बेला पनि मानिसहरुलाई रबि लामिछानेले न्याय पाउछन भन्ने लागेको छ तर मेरो आत्माले त्यसो भन्दैन । कथम् कदाचित उनलाई अदालतले जमानत दियो भने पनि रबिलाई त्यो तागतको साथ पुराना दलका विरुद्ध लड्न गाहो हुन्छ । मुद्धा अदालतमा लडकाएर राखिन्छ र रबिलाई मजबुरन कमजोर बनाईन्छ । जब रबि तागतका साथ पेश हुन्छन, मुद्धाको पेशी चढाईन्छ र उनको विरुद्धमा फैसला सुनाईने छ ।
मलाई ती अनुहार देखि घिन लाग्न थालेको छ । गगन थापा जस्ता आश गरेका युवा नेताको मनभरी रहेको अपराधिक सोच र स्वार्थको दरिद्रता अनि पागलको जस्तो बकबास सुन्दा कांग्रेसको भविश्यप्रति दया लागेर आउछ । संसदमा सुर्य थापा जस्ता कुविण्डाहरुको विचार र बुद्धि देखेर यिनले के खाएर बोल्छन होला जस्तो लाग्छ । एउटै घट्ना, उही विषय, उही मुद्धा, तर सरकारमा हुदा एउटा कुरा विपक्षमा जादा अर्को कुरा कसरी त्यस्तो बोल्न आउछ ? सत्यका रुप दुईवटा कसरी हुन सक्छन ? आफू नांगो भएको समते थाहा नपाउने यस्ता मान्छेहरुले देश बनाउछन भनेर विश्वास गर्नेप्रति दया जागेर आउछ । पार्टीका शिर्ष नेता भनिएका देउवा र ओलीलाई देख्दा यमराजले पनि घिन मानेर छाडिदिई रहेका मान्छे हुन जस्तो लाग्छ । मर्ने बेलासम्म पद छाड्न नसक्ने, अपराध गर्न पनि नपर्ने, बेधर्मीहरुबाट देश जोगिएला शंका लागेर आउछ । सर्पको मुखमा परेको भ्यागुत्ताले अगाडी परेको झिंगा टिपे जस्तो यीनले खान के बाकी होला अब । नदि नाला सवै सकियो, देशको स्वभिमान सकियो, युवाको भविश्य सकियो । यस्ता अधर्मीहरुको मर्ने बेला सास कसरी जान्छ होला ?
रबि लामिछानेलाई सहकारीमा जबरजस्ती फसाएका छन । पुनः एक पटक उनको सांसद पद अस्थायी नै किन नहोस खोसेका छन । आफ्ना जोगाउने र कतै संलग्नता नभएको मानिसलाई कानूनका तानातुर्कना बुनेर फसाउने खेल भएको छ । थुन्नै नपर्ने घटनामा उनलाई महिनौ थुनिएको छ । यिनका अपराधको एक पछि अर्को श्रृंखला देखेर पुनः फेरी मलाई अर्को पटक रास्वपा बन्न मन लागेको छ ।