Thursday 15th January 2026

एउटा सानो टापु राष्ट्रमा ७.३ को भुकम्प


दक्षिण प्रशान्त महासागरमा रहेको एउटा सानो टापु राष्ट्र भानुआटु मा ७।३ रेक्टर स्केलको भुकम्प गएको छ । जसका कारण कयौ घरहरु समथल बनेका छन भने ठुलो धनजनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । विद्युत आपुर्ति र सञ्चार विच्छेदका कारण एकिन विवरणहरु प्राप्त हुन नसकेको बताईन्छ ।

राजधानी पोर्ट भिलाबाट करिब ३० किलोमिटर पश्चिमा भुकम्पको केन्द्र विन्दु रहेको समाचार मा जनाईएको छ । भुकम्पको गहिराई ५७ किलोमिटर रहेको छ । भुकम्पका कारण सडकहरुमा चिरा परेका छन भने ठाउँ ठाउँमा पहिरो गएको छ । शुरुवातमा सुनामीको चेतावनी जारी गरिए पनि पछि त्यो चेतावनीलाई रद्ध गरिएको छ ।

स्थानिय रेडक्रस र स्वयं सेवकहरु उद्धार कार्यमा संलग्न भएका छन । घटना पछि तुरुन्तै अष्ट्रेलिया र त्युजिल्याण्डले सहयोगको लागि प्रतिबद्धता जनाएका छन । राजधानीको धावन मार्गमा भएको क्षतिका कारण उडानहरु लाई पनि असर गरेको छ । यसरी नै अमेरिकी, फ्रान्सेली, न्युजील्याण्डका दुतावासहरुमा पनि क्षति पुगेकोछ । मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ र त्यहाँ पराकम्पनहरु गई रहेका छन ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...