Sunday 18th October 2026

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा निर्वाचित


नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् ।

मधेस प्रदेशको मत गणना जारी रहँदा शर्मा विजयी भएकी हुन् । महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयन गर्न शुक्रबार एकैसाथ निर्वाचन भएको थियो ।

मतगणनाको पछिल्लो परिणामअनुसार शर्माले मधेस प्रदेशबाहेकबाट ३ हजार ९ सय ७३ मत पाएकी छन् । उनका प्रतिस्पर्धी विष्टले २ हजार ८ सय २९ मत पाएको निर्वाचन समितिलने जनाएको छ । उनीहरुबीचको मतान्तर १ हजार १ सय ४४ छ ।

मधेश प्रदेशमा कूल खसेको मत संख्या ७ सय ७२ हो । जुन शर्मा र विष्टबीचको मतान्तरभन्दा धेरै हो । गन्न बाँकी शतप्रतिशत मत विष्टले पाए पनि शर्मा निर्वाचित हुनेछिन् ।
योसँगै पत्रकार महासंघको स्थापनाकालदेखि हालसम्म महिला अध्यक्ष हुने शर्मा पहिलो हुन् । शर्मालाई सत्तारुढ काँग्रेस निकट नेपाल प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले समर्थन गरेको थियो । प्रेस युनियनबाट विद्रोह गरेका विष्टलाई माओवादीनिकट प्रेस सेन्टर, नेकपा

एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनलगायतको समर्थन थियो । अध्यक्षबाहेकका अधिकांश पदाधिकारीमा पनि शर्मा प्यानलका उम्मेदवार जितनिकट छन् ।

शर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल, समावेशी उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले अग्रता लिएका छन् ।

यसैबीच मतगणनाको औपचारिक परिणाम भने आइतबार मात्र सार्वजनिक गरिने केन्द्रीय निर्वाचन परिचालन समितिले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...