Sunday 27th September 2026

गुएनामा फुटबल खेलका क्रममा झडप हुँदा ५६ जनाको मृत्यु


गुएनामा फुटबल खेलका क्रममा झडप हुँदा ५६ जनाको मृत्यु भएको छ । रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको हिंसात्मक झडपमा परेर दक्षिणपूर्वी गुएनामा ५६ को मृत्यु भएको त्यहाँको सरकारले सोमबार पुष्टि गरेको छ । गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा दुई प्रतिद्वन्द्वी टिमका समर्थकबीचको झपडमा यति ठूलो हताहत भएको हो भने मृत्यु हुनेमा बच्चाहरूसमेत रहेका छन् । सरकारले ५६ जनाको मृत्यु भएको पुष्टी गरेपनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सयाैंको संख्यामा मृत्यु भएको हुन सक्ने बताएका छन् ।

राष्ट्रिय टेलिभिजनमा समाचार टिकरको रूपमा प्रकाशित सरकारी विज्ञप्तिमा सोमबार भनिएको छ, “रेफरीको निर्णयप्रति असन्तुष्टिको विरोधका कारण समर्थकहरूले ढुङ्गा प्रहार गरे, जसको परिणामस्वरूप घातक भागदौड भयो।” “अस्पताल सेवाले अस्थायी मृत्युको सङ्ख्या ५६ भएपनि मर्नेको संख्या बढ्न सक्ने जनाएको छ।” अस्पतालमा आँखाले देख्न सक्ने हदसम्म शवहरू लामबद्ध छन् भने मुर्दाघर शवहरूले भरिएको छ ।

गुएना सरकारका अनुसार घटना आइतबार एक फुटबल खेलका क्रममा भएको थियो । सैनिक नेता ममाडी डोम्बोयाको सम्मानमा आयोजित प्रतियोगिताको फाइनलमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए । यसैक्रममा भागदौड र झपड चलेको थियो । गुएना सरकारले सोमबार मात्रै ५६ को मृत्यु भएको पुष्टि गरेको थियो । विवाद एउटा विवादास्पद गोलपछि सुरु भएको मानिएको छ । रेफ्रीले भ्रमणकारी टिम लाबेका दुई खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । यसैक्रममा रेफ्रीले पेनाल्टीको पनि निर्णय दिएका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भागदौड मच्चिएको थियो । स्थानीय प्रहरीका अनुसार फुटबल समर्थककहरुले एन जेरेकोर पुलिस स्टेशनमा समेत आक्रमण गरी पूणर्रुपमा क्षतिग्रस्त बनाएको छ । गिनीमा पछिल्लो समय फुटबल प्रतियोगिताको दौरान त्यस्तो अराजक घटनाहरु बढ्दै गए पनि स्थानीय प्रशासनले कुनै विशेष सुरक्षा व्यवस्था अवलम्बन गर्न नसकेको बताइएको छ । यसैबिच त्यहाँका प्रधानमन्त्री ओरे बाहले घटनाको छानबिन गर्न आदेश दिएका छन् र दोषीलाई कडा कारबाही गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री बाहले घटना देशकै इतिहासको सबैभन्दा दुःखद रहेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...