Thursday 10th September 2026

इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, कुनै हताहत नभएको सरकारको दाबी


पीटीआईको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शन र प्रदर्शनकारीमाथि सरकारको कारबाहीपछि आरोप–प्रत्यारोपको युद्ध सुरु भएको छ । सरकारले आफ्नो कारबाहीमा कुनै हताहत नभएको दाबी गरिरहेको छ भने पीटीआईले आफ्ना धेरै कार्यकर्ता मारिएको दाबी गरिरहेको छ ।

२६ नोभेम्बरमा इस्लामाबादमा उपस्थित हजारौं पीटीआई प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा बलहरूले ठूलो कारबाही गरेका थिए। सरकारले कम्तिमा ४ हजार १८५ पीटीआई कार्यकर्तालाई पक्राउ गरेको दाबी गरेको छ । पक्राउ परेकाहरूलाई अब पाकिस्तानको आतंकवाद विरोधी अदालत ९एटीसी० मा आतंकवादको आरोप लगाइने छ।

सूचना मन्त्री अत्ता तरारले इस्लामाबादमा पीटीआईको विरोधलाई तितरबितर गर्न र अन्त्य गर्न गैर–घातक हतियार प्रयोग गरिएको दाबी गरेका छन्। अत्ता तरारले भने, ‘पीटीआईले आफ्ना कार्यकर्ताहरू सुरक्षा बलको गोलीबाट मारिएको दाबी गर्दै झूटो प्रचार अभियान चलायो, म यो पुष्टि गर्न चाहन्छु कि सुरक्षा बलहरू प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सेनाहरूले कुनै प्रकारको हतियार प्रयोग गरेनन्।’

उनले अगाडी भने, ‘पीटीआईले सरकार विरुद्ध झूटा आरोप लगाउने र फोहोरी राजनीति गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोजिरहेको छ ।’ इस्लामावादमा पीटीआई कार्यकर्ताहरू विरुद्धको कारबाहीमा कुनै हताहत नभएको सरकारको दाबी छ।

सूचना मन्त्रीले भने, ‘पीटीआईले आफ्ना दर्जन बढी कार्यकर्ता मारिएको दाबी गर्छ। म उनीहरूलाई सोध्छु, शव कहाँ छन् रु अस्पतालहरूमा किन तथ्यांक छैन रु पीटीआईले अस्पतालहरूलाई रेकर्ड लुकाउन बाध्य पारिएको झूटो कथा चलाइरहेको छ। जुन गरिएको छ, जुन पूर्णतया गलत हो।’

‘प्रदर्शनका क्रममा १२ जनाको मृत्यु’

इमरानको पार्टीले पाकिस्तान सरकारविरुद्ध गम्भीर आरोप लगाएको छ । मिडियासँग कुरा गर्दै उनीहरूले भनिरहेका छन् , ‘अहिलेसम्म प्रदर्शनका क्रममा कम्तीमा १२ जनाको मृत्यु भइसकेको छ ।’

पीटीआई नेता शेख वकास अकरमले मिडियासँग कुरा गर्दै भने, ‘अहिलेसम्म प्रदर्शनका क्रममा कम्तीमा १२ जना मारिएका छन्। अधिकारीहरूले सुरुमा मृतकको शव परिवारलाई हस्तान्तरण गर्न अनुमति दिएनन् र शवहरू तीन दिनसम्म राखियो, अहिले परिवारको जिम्मा लगाइएको छ ।’


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...