Saturday 26th September 2026

व्यावसायिक रूपमा खुल्यो धरहरा, कसका लागि कति शुल्क


सरकारले काठमाडौंको सुन्धारामा रहेको धरहरा आज आइतबारदेखि व्यवसायिक रुपमा खुला गरेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि भने शुल्क लाग्नेगरी खुलाइएको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि धरहरा व्यवसायिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । धरहरा चढ्न स्वेदशीलाई प्रतिव्यक्ति दुईसय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई भने ५० प्रतिशत छुट हुनेछ ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्तावअनुसार अनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रकालाई एक हजार रुपैयाँ शुल्क तोकिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकेको छ ।

त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ लाग्नेछ ।


सम्बन्धित शीर्षकहरु

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

प्रतिकृयाहरू
...