Thursday 15th January 2026

गोलीबारीमा ३८ जनाको मृत्यु


पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम आदिवासी जिल्लामा यात्रुवाहक सवारी साधनमा गोली हानाहान भएको छ । यस गोलीबारीमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसबाहेक १९ जना घाइते भएका छन् । घाइतेहरुलाई ताल र पेशावरका अस्पतालमा भर्ना गरिएको छ ।

कुर्रम जिल्लाको मदारवी क्षेत्रमा प्रहरी निगरानीमा रहेको पारा चिनार क्षेत्रबाट केही सवारीसाधन आइरहेका थिए । सोही क्रममा ती सवारीसाधनमाथि आक्रमण भएको थियो । मन्डारवीको प्राथमिक उपचार केन्द्रमा तैनाथ डाक्टर मुहम्मद नवाजले बीबीसी संवाददाता इफ्तिखार खानलाई छ जना महिलासहित ३३ जनाको शव अस्पतालमा ल्याइएको बताए।

यसबाहेक थप ५ जनाको शव अलिजी अस्पतालमा पठाइएको छ । घाइते आठ जनालाई पनि अलिजी अस्पतालमा भर्ना गरिएको छ । काफिलाको सुरक्षामा खटिएका एक अधिकारी भन्छन्, ‘हामी पाँच–छ जना अफिसर थियौं । गोली कहाँबाट आयो भन्ने थाहा हुन सकेको छैन । गोली लागेर हाम्रा एक जना साथी पनि घाइते भएका छन् ।

काफिलाका एक यात्रु पिर हुसेन शाहले पत्रकार जुबैर खानलाई ठूला हतियारबाट अन्धाधुन्ध गोलीबारी भइरहेको बताए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...