Monday 5th October 2026

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता


साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेको छ ।

दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपालले श्रीलंकामाथि ६–० को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो ।

समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न नेपालका लागि रेखा पौडेलले २ गोल गरिन् भने सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १–१ गोल गरे ।

समूह बी मा रहेका नेपाल र भुटानको ७–७ अंक रहे पनि गोल अन्तरमा नेपालको एक गोल बढी हुँदा समूह विजेता बनेको हो ।

पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हापमा दुई गोल थपेको थियो । यसअघि आजै दिउँसो भएको समूह बी को पहिलो खेलमा भुटानले माल्दिभ्समाथि शून्यका विरुद्ध १३ गोलको जीत निकालेको थियो ।

भुटानले पहिलो हाफमा ६ गोल र दोस्रो हाफमा ५ गोल गर्दा माल्दिभ्सले भने एक गोल पनि फर्काउन सकेन

यो जीतसंगै भुटान पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले एन्थ्रोपिक कम्पनीको एआई प्रणाली ‘क्लाउड’ प्रयोग गर्न बन्द गरेको जनाएको छ। यसअघि पेन्टागनले एन्थ्रोपिकलाई राष्ट्रिय…

सन् २०२६ को शरीर विज्ञान वा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गरिएको…

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै उनका हजारौँ समर्थकले राजधानी इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफका…

प्रतिकृयाहरू
...