Sunday 1st November 2026

रामेछापको लेकखर्कमा पहिरो, ६ जनाको मृत्यु, १ जना घाइते, ७ वेपत्ता


रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति परेको घनघोर वर्षापछि आएको पहिरोमा परी ६ जनाको ज्यान गएको छ, एक जनाको उद्दार गरिएको छ भने ४ जना अझै बेपत्ता छन् ।

पहिरोमा परेर मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका चण्डिका थापा मगर र उनका नाबालक छोराको सनाखत भएपनि अन्य ४ जनाको सनाखचत हुन सकेको छैन । चण्डिकाको घरबाट एक बालिकालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोले चारवटा घर बगाएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परेका भीमबहादुर थापा मगरको घरका तीन जना, उर्मिला पहरीको घरका चार जना, काले पहरीको घरका तीन जना र अर्को एक घरका स्थानीय एक जनामध्ये ४ जनाको शव भेटिएको छ भने अझै ४ जना बेपत्ता छन् ।

बाढी र पहिरोले उक्त क्षेत्र सडक सम्पर्कविहीन हुन पुगेको छ । बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ ।
बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...