Thursday 12th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय चालिसौँ भाग (१४०)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।

दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।

अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १

विश्वासमा घात गर्‍यौ जाली रहेछौ माया
सोचेको थेँ पूजा गर्ने थाली रहेछौ माया
लुकाउने र देखाउने दाँत फरक है
सुनेको उत्प्रेरणाको ताली रहेछौ माया
फोहोर बग्ने सलल नाली रहेछौ माया ।

कृषकको खेत जोत्ने फाली तिमी
मेरो करेसाबारीको डाली तिमी
सङ्घर्षको मैदानमा आश हुन्छ
सबैको मनमा झुल्ने बाली तिमी
उत्प्रेरणा जगाउने ताली तिमी ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हाम्रानै हुन्छन् असीमित चाहना यहाँ
सबैमा राख्नु पर्छ हित भावना यहाँ
संस्कारी बनी सबैको मनमुटु छुनु
संसार प्रभु द्वारा हुने पालना यहाँ
सुकर्म गर्दै गरी पुग्ने कामना यहाँ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ३

बाढीपछि राेगहरू सर्न लागे
राेग लागेर त मान्छे मर्न लागे
औषधी छैन बाँच्ने कसरी अब
मान्छेले आँखामा आँसु भर्न लागे
बाँच्नलाई सबथोक गर्न लागे ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ४

गाउँ पनि सहर भयो
त्यही बस्ने रहर भयो
संघर्ष गर्दा कति कुरा
जिन्दगीमा कहर भयो
मात्रा बढ्यो जहर भयो ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग ५

वर्षाको बेला लामु सफर नगरौं
पहिरो जान्छ घुम्ने रहर नगरौँ
अनावस्याक जोखिम नगरे हुन्छ
हुँदैन कत्ती बाढीको भर नगरौँ
खै कहिले गर्जिन्छ सगर नगरौँ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ६

आउन सँगै बसेर रमाइलो गरौँ
फूल र टीका धसेर रमाइलो गरौँ
मनपर्छ कि पर्दैन यो मेरो प्रस्ताव
पर्दछ भने कसेर रमाइलो गरौँ
मायाप्रितीमा फसेर रमाईलो गरौँ ।

-पूर्णबहादुर श्रेष्ठ” हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ७

हरेक दया बाँढेर माया मनमा सर्न छ
परामर्शको मार्गमा उही सुवास छर्न छ
हृदयको फराकिलो फाँटमा,नयाँ आँटमा
दीप बाल्दै दुनियाँ सामू उजागर गर्न छ
देशको माटोमा प्यारपूर्वक भर पर्न छ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

आमा जस्ता हुॅदैनन् बाउ पनि
बुभ्न सक्ने मुटुको घाउ पनि
आमा भन्ने आमा नै हुन् आखिर,
उनै चल्ला उनै हुन् माउ पनि
खोज्दिनन् त्यो मायाको भाउ पनि ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ९

तिम्रै लागि हरियो कपडा फेरि दिन्छु
गाजल टिकी लगाइ ऐना हेरि दिन्छु
समय अनुसार बदल्नु पर्छ मान्छे
मन मुटु भित्र ढाल बनी घेरि दिन्छु
कसैको बास नहोस् है भनी केरि दिन्छु ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १०

झरी बादल असिना पहिरो सम्झन्छु
प्रकृतिले नै बनायो अहिरो सम्झन्छु
यता त्रिशुलीमा खसेर जनता मर्दा
उता हुन्छ सत्ताखेल गहिरो सम्झन्छु
क्यै सुन्दैन सरकार बहिरो सम्झन्छु ।

श्रीकृष्ण शर्मा

पञ्चाङ्ग ११
साेझाे मन अलिकति माेडी छाडाैँला
झारपात र-छ भने गाेडी छाडाैँला
हाम्रो जिन्दगी फुलाउन फलाउन
तिम्रो र मेराे सम्बन्ध जाेडी छाडाैँला
साथै मायाकाे घुम्टो अोडी छाडाैँला ।
सूर्य गिरी
माछापुच्छ्रे५कास्की (पाेखरा)

पञ्चाङ्ग १२

खै कहाँ बाट सरेर आएको होला
बिदेशीको भर परेर आएको होला
आफ्नो संस्कृति र सस्कार बिर्सिएर
मेहन्दी हरियो चुरा भरेर आएको होला
अनावश्यक ठर्रा गरेर आएको होला ।
कला ढकाल झापा

पञ्चाङ्ग १३
सुन्दर बास रोजेर
सबैमा खास रोजेर
उ बिग्रेको जानी जानी
आफैले नास रोजेर
दुषित गाँस रोजेर ।

– आर्त अकुलीन

पञ्चाङ्ग १४

कृषिको ऋण लिने नक्कली किसान छन् यहाँ
बारम्बार बदल्नु पर्ने संविधान छन् यहाँ
जनताका कुरा मात्र लेखेको भएपो टिक्थ्यो
आफूले बोलेको सजिलै सुन्ने कान छन् यहाँ
एउटै विचार बेच्ने सयौं सैतान छन् यहाँ ।
• देवी पन्थी///

👉 पञ्चाङ्ग १५ 🇧🇹
चाहना मरेर ढोलाउनु पर्दैन
एकोरो परेर टोलाउनु पर्दैन
आखिर बाटो अलग भइ सकेको
आसक्त भरेर लोलाउनु पर्दैन
बाहाना गरेर बोलाउनु पर्दैन ।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

पञ्चाङ्ग १६

बाघ भालु सित के डराउनु कालसँगै खेलिसके मैले
कति शिशिरहरु त आफ्नै छाला ओढेर छेलिसके मैले
अब त जिन्दगी पनि गैंडाको छाला जस्तै पोभइसकेछ
जति घोचे नि दुख्दैन यस्ता दु:ख त कति झेलिसके मैले
निरस निरस जिन्दगीलाई कति चोटी पेलिसके मैले ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १७

कहिलेसम्म बस्ने यो घरमा तिरी भाडा म
मेरो कर्म फल उठाउन आएको छु टाडा म
दिनहुँ पुरानो हुँदै जाँदैछ म बसेको घर यो
डाँडा भाटा भाँचिदैछ थप्दै पनि छु बाडा म
लानुपर्ला मेरा चिज खोज्दैछु गोरु गाडा म ।

लक्ष्मी दास शर्मा ✍️
टासिछोलिङ, साम्ची, भुटान 🇧🇹


सम्बन्धित शीर्षकहरु

मिस युनिभर्स नेपाल २०२४ को बिजेता सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा…

बन्धकहरू र बेपत्ता व्यक्तिहरूका लागि इजरायलका मुख्य वार्ताकार, गल हिर्शले हमास नेता याह्या सिनवारलाई कैदमा रहेका १०१ बन्धकहरूको बदलामा गाजाबाट…

चीनले सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रमा आधार बनाउने योजना बनाएको छ । चीनले खुलासा गरेको छ कि यसको…

प्रतिकृयाहरू
...