Sunday 1st November 2026

दमन गरेर शासन चलाउन नसकेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन


देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।उनले सोमबार राजीनामा दिएसँगै देश छाडेकी छन् भने छिमेकी देश भारतको शरणमा पुगेकी छन् ।

सरकारी जागिरमा अारक्षण हटाउन माग गर्दै एक महिना अगाडि शुरू भएको विद्यार्थीहरूको अान्दोलन दबाएर हिंसात्मक रूपमा अघि बढेकी प्रधानमन्त्री हसिनाले पुरै सुरक्षा फाैज लगाएर प्रदर्शन रोक्न खोज्दा पनि असफल भएपछि देश छोड्न बाध्य भएकी हुन्

गत ४ कार्यकालदेखि सत्तामा रहेकी हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । त्यसैको फल स्वरूप गत आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।

विद्यार्थी अान्दोलन दबाउन बल प्रयोग गरेर सयाैंको हत्या र हजाराैं हजार प्रदर्शनकारी पक्राउ गरिरहेको शेख हसिनाको सरकारले प्रदर्शनलाइन नियन्त्रण गर्न त परै जाओस देश विदेशबाट समेत बंगलादेशी नाकारिकहरूले प्रधानमन्त्रीको विपक्षमा उत्रिएपछि सिंगो देश नै हसिनाको विरोधमा उत्रिएको थियो ।

प्रधानमन्त्रीले देश छोडे लगत्तै प्रधान सेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्दै छिट्टै नै सर्वपक्षीय सरकार बनाउने घोषणा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...