Saturday 17th October 2026

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण विरूद्धको प्रदर्शनमा १७४ को मृत्यु


बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरूको प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ । जारी प्रदर्शनमा अहिलेसम्म २ हजार ५०० पक्राउ परेको मंगलबार एएफपीले जनाएको छ ।

त्यहाँ सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने सङ्ग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने निर्णयपछि देशभर विरोध प्रदर्शन सुरु भएको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनले बिस्तारै हिंस्रक रूप लिँदै गर्दा मृतकको सङ्ख्या दिनहुँ बढ्दै गयो । सय जना भन्दा धेरैको मृत्यु भएपछि आइतबार सर्वोच्च अदालतले आरक्षणको सङ्ख्या ३३ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ ।

तर विद्यार्थीहरूले आरक्षण पूरै खारेज गर्नु पर्ने मागसहित आन्दोलन जारी राखेका छन् । विरोध प्रदर्शनको अगुवाइ गरिरहेको विद्यार्थी समूहले यति धेरै रक्तपात निम्त्याएर सुधार नचाहेको भन्दै सोमबारबाट ४८ घण्टाका लागि आन्दोलन रोक्का गरेको छ । प्रदर्शन रोक्न देशभरमा कर्फ्यू लगाइएको छ भने इन्टरनेट पनि काटिएको छ ।


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...