Friday 30th October 2026

सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत


मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ ।

सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अरु पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएको शुक्रवार बिहान वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरको लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जनाले आफुलाई बचाएका थिए । अझै कम्तिमा ४३ यात्रु बेपत्ता छन् । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...