Friday 9th October 2026

युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधि


स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ। बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो।

दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो। लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे।

७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे। तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।

तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो। मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए।

स्पेनको यो चौथो युरो उपाधि हो। इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ। इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...