Tuesday 15th July 2025

युरो कपको फाइनलमा इङ्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुने


इंग्ल्यान्ड लगातार दोस्रो पटक यूरो कपको फाइनल पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ ।
दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।

इंग्ल्यान्डका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन् ।

खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए ।

इंग्ल्यान्डका कप्तान केनलाई नेदरल्यान्डस्का डेनजेल डम्फ्रिजले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल केनले खेल बराबरीमा फर्किएका थिए ।

खेल अवधिभर खेल बराबरीमै सम्पन्न हुनै लाग्दा दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इंग्ल्यान्डलाई फाइनल पुर्याएका हुन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...