Saturday 22nd March 2025

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा


स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा गएराति भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो।

खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।

त्यसको चार मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्न सफल भयो।

स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ। त्यसबखत स्पेनले इटालीलाई ४-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। स्पेनले अब आज राति हुने दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।


सम्बन्धित शीर्षकहरु

चोकको भीडले मेरो ध्यान खिच्यो। म त्यतै गएँ।मानिसहरूको भीडले एउटा अधबैँसे मानिसलाई घेरेर राखेका थिए।उनको हातमा मोटा पुस्तक थिए। मानिसहरू…

निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले…

स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो बोर्जिगिनले मृत्युको समयमा मस्तिष्कमा के हुन्छ भन्ने थाहा पाएपछि उनी छक्क परे । मृत्यु…

प्रतिकृयाहरू
...