Wednesday 14th October 2026

समुन्द्री आँधी बेरल टेक्सस पुग्यो , १३०,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन ह्युस्टन घुम्रपात (टोर्नाडो ) को निगरानीमा


एजेन्सि- समुन्द्री आँधी बेरल टेक्सस पुगेको छ भने अहिले बिहान सम्म १३०,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन हुन् पुगेका छन् । टेक्ससमा नजिकै ८० माइल प्रतिघण्टाको गतिमा हावा चलेको सिएनएनले जनाएको छ ।

टेक्ससमा आज बिहान बेरल समुन्द्री आँधीले राज्यलाई प्रभाव पार्दा बिजुली अवरुद्ध भइरहेको छ। पावरआउटेज युसका अनुसार बिहान ५ :२६ सम्म १ लाख ३२ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन् ।

त्यस्तै ह्युस्टन शहर क्षेत्रमा ७० लाखभन्दा बढी मानिसहरु बिहान ११ बजेसम्म घुम्रपात (टोर्नाडो ) को निगरानीमा रहेका छन् । राष्ट्रिय हुरी केन्द्रका अनुसार बिहान ५ बजेको अद्यावधिक अनुसार समुन्द्री आँधि बेरलले माटागोर्डा बीच नजिकै श्रेणी १ मा आँधीको रूपमा जमिनमा अवतरण गरेको छ।

जमिनमा आएको समयमा बेरलमा ८० माइल प्रतिघण्टाको हावा थियो। भारी वर्षा, आँधीबेहरी, र तेज हावा पूर्वी टेक्ससको धेरै भागमा जारी रहनेछ । कुल ५-१० इन्च बर्ष र १५ इन्च पुगे अपेक्षा गरिएको छ ।

बेरल मंगलबार बिहान अर्कान्सासमा सर्ने पूर्वानुमान गरिएको छ। बेरल समुन्द्री आंधी टेक्ससमा जुन २६, १९८६ मा आएको थियो भने करिब ४० वर्षमा यो मौशममा आएको सबैभन्दा प्रारम्भिक समुन्द्री आँधी हो।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...