Tuesday 13th October 2026

निर्वाचनमा बञ्चित हुने भएपछि पत्रकार महासंघ केन्द्रप्रति वैदेशिक शाखाहरूको विरोध


नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले संयुक्तरूपमा विरोध जनाएका छन् । असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा प्रवास शाखाहरुले आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर बिरोध गरेका हुन् । वैदेशिक शाखाहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

वैदेशिक शाखाका अध्यक्षहरूद्वारा संयुक्तरूपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा, नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद ५ को दफा १६ को उपदफा ४ अनुसार निर्वाचनमा सम्पूर्ण सदस्यहरुले मत हाल्न पाउनु पर्ने स्पष्ट प्रावधान हुँदा-हुँदै बिभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरुलाई वञ्चित गर्नुले निर्वाचनको बैधता माथि प्रश्न उठेको छ। बिभिन्न जोखिमहरु मोलेर विदेशमा रहेका ५० लाख नेपालीहरु बिच पत्रकारिता गर्दै आईरहेका सयौं पत्रकारहरुलाई गरिएको यो उपेक्षा कुनै हालतमा पनि सैह्य हुँदैन, भनिएको छ ।

महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि लोकतन्त्रको पहरेदार रहेको संस्थाले आफ्ना सदस्यहरुलाई मतदान प्रकृयामा बन्चित गरेर गरेको निर्वाचन लोकतन्त्रको मुल्य र मान्यता बिपरित हुने भन्दै वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन्।

तसर्थ, आगामी असार २२ गते हुने भनिएको उक्त निर्वाचनमा प्रवास शाखाका सदस्यहरुलाई तत्कालको लागि शाखाले सिफारिस गरे बमोजिम वा नेपालमा सम्बन्धित शाखाहरु मार्फत निर्वाचन प्रकृयामा सामेल गर्न गराउन प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेका छन्।

बोधार्थ :-
– नेपाल पत्रकार महासंघ,केन्द्रीय समिति – केन्द्रीय निर्वाचन समिति
– प्रेस चौतारी नेपाल
– नेपाल प्रेस युनियन
– प्रेस सेन्टर नेपाल
– समाजबादी प्रेस संगठन नेपाल
– क्रान्तिकारी प्रेस संगठन नेपाल


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...