Wednesday 23rd April 2025

रोहित र विराटको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास


टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।

रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने- ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडी बढाउने छन् ।’

रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।

अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।


सम्बन्धित शीर्षकहरु

एक पूर्व सीआईए एजेन्टले एडोल्फ हिटलरले आफ्नै मृत्युको नाटक गरेको र अर्जेन्टिना भागेको बढ्दो प्रमाण रहेको विश्वास गर्छन्, जहाँ "अनुयायीहरूले…

नयाँ दिल्ली: अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको प्रारम्भिक व्यापार सम्झौताको लागि वार्तामा उल्लेखनीय प्रगतिको…

बंगलादेशको राजधानी ढाकामा पाकिस्तान र बंगलादेशका विदेश सचिवहरूको बैठकपछि एक पत्रकारले सोधे कि के बंगलादेश भारतको सट्टा पाकिस्तानतिर झुकाव राखेको…

प्रतिकृयाहरू
...