Friday 16th May 2025

विश्वकप : नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा


समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ।

सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो।
पराजित भएसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा नेपालका लागि कुशल मल्लले एक चौका र एक छक्काको मद्दतमा ४० बलमा सर्वाधिक २७ रन जोडे।

दीपेन्द्र सिंह ऐरीले २५ रन बनाउँदा ओपनर आसिफ शेखले १४ बलमा १७ रन जोडे।

नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्ष प्रविधि र लेजर सञ्चारको लागि उल्लेखनीय फड्को मार्दै, चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूले पृथ्वीबाट उच्च-शक्तियुक्त इन्फ्रारेड लेजर प्रयोग गरेर चन्द्रमाको…

जेनेभा: डाक्टर्स विदाउट बोर्डर्सले बुधबार गाजामा "जानाजानी मानवीय विपत्ति" सिर्जना गरेकोमा इजरायलको आलोचना गर्‍यो र प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनमा सहायतालाई सर्तबद्ध…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले…

प्रतिकृयाहरू
...