Sunday 1st November 2026

नेपालको पश्चिम तराइमा तातो हावाको लहरको कारण “लु” लाग्न सक्ने


नेपालको पश्चिम तराइ भेगमा तातो हावाको लहरको कारण “लु” लाग्न सक्ने स्थिति देखिएको छ । पश्चिम तराइमा अझै केही दिन तातो हावाको लहर कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोले “लु” लाग्न सक्ने स्थिति देखिएको हो ।

विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म तातो हावा र तातो हावाको लहर चल्ने बताएको छ भने नियमितभन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने ‘लु’ लाग्ने(लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले ‘लु’लाग्छ) सम्भावना हुन्छ। ‘लु’ लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ।

सामान्यतया तराइमा गर्मी बढेसँगै तातो हावा चल्न थाल्छ र सोही हावाका कारण लु लाग्ने गर्दछ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। बिहीबार मात्र टीकापुरमा ४५.२ डिग्री सेल्सियस मापन भएको थियो।

पश्चिम तराईसँगै उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ। शुक्रबार पनि नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस मापन भएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...