Thursday 29th October 2026

सांगीतिक धमाकाको लागि कलाकार शिव परियार र रचना रिमाल मे ३० मा कुवेत आइपुग्ने


कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमाल भोली ३० मे २०२४ दिन बिहान ७ बजे कुवेत आइपुग्ने कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन ।

कुवेतको नेपाली समाजमा स्थापित नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतलाई अतिथि कलाकार शिव परियार र रचना रिमालको स्वागतको लागि भोली ३० मे २०२४ का दिन बिहान ७ बजे कुवेत एयरपोर्टमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा ३१ मे २०२४ मा दिनको ठिक १ बजेदेखि चर्चित अतिथि कलाकार गायक शिव परियार र गायिका रचना रिमालको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सस्था सक्रिय छ ।
 


कार्यक्रमको विवरण :

मितिः ३१ मे २०२४ 

स्थान: स्पायर इन्डियन स्कुल जिलिब

समयः दिनको ठिक १ बजे  

आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...