Wednesday 14th October 2026

सांगीतिक धमाकाको लागि कलाकार शिव परियार र रचना रिमाल मे ३० मा कुवेत आइपुग्ने


कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमाल भोली ३० मे २०२४ दिन बिहान ७ बजे कुवेत आइपुग्ने कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन ।

कुवेतको नेपाली समाजमा स्थापित नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतलाई अतिथि कलाकार शिव परियार र रचना रिमालको स्वागतको लागि भोली ३० मे २०२४ का दिन बिहान ७ बजे कुवेत एयरपोर्टमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा ३१ मे २०२४ मा दिनको ठिक १ बजेदेखि चर्चित अतिथि कलाकार गायक शिव परियार र गायिका रचना रिमालको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सस्था सक्रिय छ ।
 


कार्यक्रमको विवरण :

मितिः ३१ मे २०२४ 

स्थान: स्पायर इन्डियन स्कुल जिलिब

समयः दिनको ठिक १ बजे  

आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...