Sunday 18th January 2026

कुवेतको मनारा मलमा सिटी हाइपरमार्केटले पर्यटन प्रदर्शनी कार्यक्रम २८ जुनमा आयोजना गर्ने


कुवेतको मनारा मलमा रहेको सिटी हाइपरमार्केटले कुवेतमा रहेका विभिन्न देशका दूतावासहरू, ट्राभल एजेन्सीहरू र एयरलाइन्सहरूको उपस्थितिमा पर्यटन प्रदर्शनी कार्यक्रम २८ जुन २०२४ का दिन आयोजना गर्ने भएको छ । सो प्रदर्शनीले स्थानीय तथा विदेशी नागरिहरुलाई यात्राको लागि गन्तव्य पत्ता लगाउन, प्याकेज टुरहरू, भिसा आवेदन प्रक्रियाहरू र गर्मी बिदाका लागि एयरलाइन दरहरू बारे जानकारी गराउने आशा राखेको छ । कार्यक्रम २८ जुन २०२४ मा दिनको ११ बजे देखि साँझ ५ बजेसम्म हुनेछ ।

कार्यक्रमले प्रदर्शनीका सहभागीहरूलाई आफ्ना सेवाहरू सार्वजनिक गर्नका लागि प्लेटफर्म प्रदान गर्ने आशा राखेको छ । बाह्र एयरलाइन्स र ट्राभल एजेन्सीहरू सहित बाह्र दूतावासहरू प्रदर्शक टोली समावेश हुनेछन् । दूतावासहरूलाई सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गर्न, पर्यटक भिडियोहरू मार्फत आफ्नो देश का लोकप्रिय गन्तव्यहरूको जानकारी प्रदान गर्न र भिसा प्रकृया सम्बन्धी जानकारी दिन अनुरोध गरिएको छ । उक्त कार्यक्रममा ट्राभल एजेन्सीहरूलाई सहभागी हुन आमन्त्रित गरिनेछ र नवीनतम टुर प्याकेजहरू उपलब्ध गराइनेछ र तिनीहरूका कम्पनीहरूले प्रस्ताव गरेका गन्तव्यहरूको सुझाव दिइने छ ।

सिटी हाइपरमार्केटका मार्केटिङ प्रमुख नेरमिन बिशासीले भने ‘मनारा मल पर्यटन प्रदर्शनीमा सहभागीहरूका लागि एक उत्कृष्ट स्थान हो यद्यपि यसका अधिकांश पसलहरू मिश्रित छन् तर मुख्यतया स्थानीय र अरबीहरू छन् “यस प्रदर्शनीले मञ्च प्रदान गर्ने आशा गर्दछ। प्रदर्शकहरूलाई गर्मी बिदाको लागि समयमै आफ्नो ब्रान्ड र सेवाहरू प्रस्तुत गर्न र प्रवर्द्धन गर्न सहयोग पुग्नेछ’ । सिनियर रिम एल्घल्बान मार्केटिङ एक्जिक्युटिभले थपे ‘सार्वजनिक रूपमा प्रभावकारी प्रचार गर्न सहयोग गर्न सामाजिक व्यक्तित्व र मिडियाहरूलाई कार्यक्रममा आमन्त्रित गरिनेछ । बेरी ब्लास्ट क्याफे एण्ड रेष्टुरेन्टले नि:शुल्क स्वाद र उत्पादनको बिक्रीका लागि स्वादिष्ट परिकार उपलब्ध गराउने छ’ । कार्यक्रमलाई द टाइम्स कुवेत र निरेम प्रोडक्सनद्वारा सपोर्ट गरिएको छ ।

इच्छुक सहभागीहरूका लागि, यस फोन नम्बरमा 55650296 सम्पर्क वा शुवाइखको मनारा मलमा जान सक्नेछन ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...