Tuesday 14th January 2025

सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले सामूहिक बिरोध जनाउने निर्णय गरेको थियो । सोही आधारमा आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् ।

दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरेपछि त्यसकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको भनाइ छ । अनलाईन खबर बाट


सम्बन्धित शीर्षकहरु

इजरायलले सम्भावित बन्धक सम्झौताको भागको रूपमा दक्षिणी इजरायलको अक्टोबर 7 मा भएको नरसंहारमा भाग लिने नुख्बा सेनासँग सम्बन्धित कुनै पनि…

“हामी हाम्रा दृढ र धैर्यवान जनता र जेलमा रहेका हाम्रा वीर कैदीहरूसँग हाम्रो प्रतिज्ञा नवीकरण गर्छौं, र हामी पुष्टि गर्छौं…

संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो…

प्रतिकृयाहरू
...