Monday 28th September 2026

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि


इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले लगातार चौथो पटक उपाधि जितेको हो । आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको दोस्रो मिनेट मै गोल गरेका थिए । यस्तै उनले खेलको १८ मिनेटमा अर्को गोल थपे । खेलको ५९ औं मिनेटमा रोड्रिले गोल गरे । वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा गोल गरेपछि अर्को गोल हुन सकेन ।

गएरातिको अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ ले हराएको थियो । तर उपाधिका लागि पर्याप्त भएन । म्यान्चेस्टर सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अङ्क बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अङ्कमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍याे ।

यसैगरी गएरातिको अरु खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २–० ले हरायो । लिभरपुलले उल्भ्सलाई पनि २–० ले हरायो । तेस्रो स्थानको लिभरपुलको ३८ खेलमा ८२ अङ्क रहेको छ । यस्तै चेल्सीले बर्नमाउथलाई २–१ ले हराएको थियो भने टोटनहमसंग सेफिल्ड युनाईटेड ३–० ले पराजित भएको थियो ।

गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ५–० ले हराएको थियो । न्यु क्यासलले ब्रेन्टफोर्डलाई ४–२ गोल अन्तरले हरायो । यसैगरि फुलह्यामसँग लुटन टाउन ४–२ ले पराजित भयो । नटिङगम फरेस्टले बर्नलीलाई २–१ ले हरायो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...