Thursday 27th November 2025

एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने


कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए – मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५ र २६ , २०२४ का दिन हुने भएको छ ।

कुवेतको फाहहिलस्थित शुकसभा फुटबल मैदानमा हुने अन्तर नेपाली फुटबल प्रतिगोगिताको मुख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज रहेको छ । उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३०१ कुवेती दिनार, ट्रफी, मेडल तथा प्रमाणपत्र साथै द्वितीय हुने टिमलाई नगद १७५ कुवेती दिनार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा १२ टिमले प्रतिस्पर्धा गर्न लागेको एनआरएनए एनसीसी कुवेतले जनाएको छ ।

फुटबल प्रतियोगिता हुने मिति , समय र स्थान निम्न रहेको छ ।
मिति – २५ र २६ अप्रिल २०२४, शुक्रवार
समय – साँझ ५ बजे
स्थान- शुकसभा फाहहिल, कुवेत


सम्बन्धित शीर्षकहरु

कुबेत - प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ)…

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद…

लिउड अभिनेता धर्मेन्द्रले अब संसारलाई बिदाइ दिएका छन्। धर्मेन्द्र केवल अभिनेता मात्र थिएनन्, राजनीतिज्ञ पनि थिए। उनले बीकानेरबाट संसदीय चुनाव…

प्रतिकृयाहरू
...