Tuesday 10th March 2026

एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश


एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल समुह चरणमा अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार समूहचरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । यस सँगै समुह चरणका सबै खेलहरूमा विजयी हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो तीन खेलमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।

हङकङ समूह ‘ए’ को उपविजेता टोलीको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङले बुधबार भएको अर्को खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्यो । हङकङ र कतारको समान ४ अंक भए पनि हङकङ राम्रो रन रेटका कारण सेमिफाइनलमा पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...