Wednesday 2nd July 2025

मेटामा प्राविधिक गडबडी: व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टा डाउन


मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू जस्तै व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।

बुधवार राति अबेरसम्म, विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो ।

वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन्।

व्हाट्सएपले एक्समा जानकारी दिदै भन्यो, ‘हामीलाई थाहा छ कि केहि व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन् । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौं ।’

यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...