Thursday 3rd September 2026

झापा गोल्डपको उपाधि भिड्न्त आज, सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज आम्नेसाम्ने हुदै


बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् ।

डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् । पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा पुगेका दुवै टिमले नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका हुन् । फाइनल खेलको पूर्व सन्ध्यामा बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका हुन् ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...