Saturday 27th April 2024

झापा गोल्डपको उपाधि भिड्न्त आज, सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज आम्नेसाम्ने हुदै


बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् ।

डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् । पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा पुगेका दुवै टिमले नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका हुन् । फाइनल खेलको पूर्व सन्ध्यामा बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका हुन् ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...