Monday 6th May 2024

साप्ताहिक पञ्चाङ्ग भाग: चौरासी (८४)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौरासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८४ ——————————-

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/११/१४
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल

………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली”

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग:०१

मुर्कुट्टाहरू आउँछन् आफ्नै बनेर सुन्दर भेषमा।
बालुवाकाे महलमा खाल्टाे खनेर सुन्दर भेषमा।
आफैले गरिरहेकाे त्याे सुुकर्मकाे प्रतापले हाेकि,
कहिलेकाहीँ आउँछ सुख गनेर सुन्दर भेषमा।
सपनाहरू पनि साँचाे हाे भनेर सुन्दर भेषमा।

✍️सुशीला पाैडेल

समपञ्चाङ्ग: २

देशको लागि उन्नति चुलेको भएमा राम्रो ।
युवाको नै बोलचाली खुलेको भएमा राम्रो ।
मुक्त छैनन् जनता नेताकै अधीनमा परे ,
विकासको पिङमा नै झुलेको भएमा राम्रो ।

निकास दिन नेताले डुलेको भएमा राम्रो ।
विश्व माझमा नेपाल फुलेको भएमा राम्रो ।
नेताले बनाको हैन देश आर्जेको पुर्खाले ,
भ्रष्टाचारीको हृदय धुलेको भएमा राम्रो।
बिदेशीको ऋण मुक्त सुलेको भएमा राम्रो ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग:०३

छैन एउटा पनि घर उसको।
कत्ति पनि लाग्दैन भर उसको।
उनी फौदारी गर्दै हिँड्छन् र पनि,
कसैले नि मान्दैनन् डर उसको।
एक जना साथी छ पर उसको।

✍️सरस्वती श्रेष्ठ, इटहरी ।

पञ्चाङ्ग:०४

जसरी तसरी आफ्नु घर चलाउनुछ अब।
मिहिनेत गरि साग सिस्नु फलाउनुछ अब।
रिस गर्ने प्रशस्तै पाउँदा रहेछन् समाजमा,
ती कुरा काट्नेहरुको मुख गलाउनुछ अब।
शत्रु बैरी जति सबै चिनि ढलाउनुछ अब।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग:०५

गोरा गए पीर काला आइहाल्छन्।
ससुराको के फिक्कर साला आइहाल्छन्।
कोही केही भए पनि कुर्सी खाली हुन्न,
खुट्टा टेक्न नपाउॅदै माला आइहाल्छन्।
तलमाथि पर्यो भने भाला आइहाल्छन्।

✍️घनश्याम पौडेल, पोखरा ।

पञ्चाङ्ग:०६

सकिँदैन भने केही गर्दै नगर्नु राम्रो ।
जानेको काममा चट्टअगाडि सर्नु राम्रो।
जान्ने धेरै भएर काम नसपार्नु भन्दा,
नजाने जस्तो गरेर पछाडि पर्नु राम्रो ।
साँचो बोल्नु राम्रो गर्नु भ्रम नछर्नु राम्रो।

✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।

पञ्चाङ्ग:०७

आकाश छ यहाँ धर्ती छ छैन एउटा बास उसकाे ।
दस नङ्ग्रा खियाउँदा छैन है आफ्नाे गाँस उसकाे ।
सजाउन भयाे देखाउन कानुन र संविधान,
मत दिइ जिताएकाे नेतामा छैन आस उसकाे।
छाना,दाना,नाना, स्वास्थ्य, शिक्षाकाे माग खास उसकाे ।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग:०८

काेरा भाषणले कदापी देश बन्दैन हजुर।
देश भक्तिले कहिल्यै कुमार्ग खन्दैन हजुर।
देशलाई नै बन्धक राखेर स्वाभिमान बेच्ने,
भ्रष्ट नेतालाई कसैले राम्रो भन्दैन हजुर।
अब झूटकाे खेती गर्नेलाई गन्दैन हजुर।

✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५संगम काेलाेनी राधेराधे भक्तपुर ।

पञ्चाङ्ग: ०९

सत्ता परिवर्तन घरीघरी यताउता गरेर देश डुबाए
राष्ट्रिय ढुकुटीमा मनपरि यताउता गरेर देश डुबाए
राजनीति जस्तो पवित्र कार्यमा संलग्न नेतृत्व कुकर्मी पात्र,
जनसाधारणमा भ्रम छरि यताउता गरेर देश डुबाए
सिद्धान्त विरुद्ध एकता गरि यातउता गरेर देश डुबाए ।

✍️प्रद्युम्न चालिसे

पञ्चाङ्ग:१०

एकदिन त जानैपर्छ कहिले नफर्किने गरि सबैले।
तेरो मेरो के गर्नु ,छाड्नुपर्छ लाएको लुगा धरि सबैले।
दुइदिनको लागी पाहुना बनि आएका हौं यस धर्तीमा,
लगाइ साइनो बोलौं न मिठो बोली अमृत सरी सबैले।
सत् कर्म गरौं मानवता छरौं जपौं न नाम हरि सबैले ।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्ग:११

सधैँ भरी आफ्नै स्वार्थ हेर्ने मात्र हुन्छन् ।
दिनदिनै कुराहरू फेर्ने मात्र हुन्छन् ।
मुखले चैं सबैलाई कति ठिक्क पार्छौ ,
दीनदुखी हरूलाई खेर्ने मात्र हुन्छन् ।
कुराकानी गर्दागर्दै केर्ने मात्र हुन्छन् ।

✍️बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग: १२

भयो देशमा दुर्गती रमाउने ठाउँ छैन
उद्योग धन्दा ठप्प भो कमाउने ठाउँ छैने
भ्रष्टाचारको प्रकोप महङ्गीले डाँडै काट्यो
पैसा भएपछि रम्ने जमाउने ठाउँ छैन
आफन्तले साथ छोडे समाउने ठाउँ छैन ।

✍️सन्ध्या गौतम, दाङ हाल काठमाडौं ।

पञ्चाङ्ग: १३

हजारौँ ताराको बीचमा एउटै जुन मनपर्छ
लाखौँ टोन भएपनि बाँसुरीको धुन मनपर्छ
यहाँ हुनेखाने मान्छेहरू धनको पछि लाग्छन्
के गर्नु म त हुँदा खाने मान्छे हुँ गुण मनपर्छ
लगाउँदा मात्र पहेलो देखिने सुन मनपर्छ।

✍️सुष्मा मगर, रोल्पा ।

पञ्चाङ्ग: १४

भ्रष्टाचारीले नै देशमा पेट पाल्न सक्छन्
सजिलो छ बलात्कारको मुद्दा हाल्न सक्छन्
कोहि राम्रो काम गर्ने निस्क्यो भने देशमा,
षड्यन्त्रको भित्रभित्रै कदम चाल्न सक्छन्
सबैको सामु घिसारेर आगो बाल्न सक्छन्।

✍️दस्ता कौशिक ।

पञ्चाङ्ग: १५

मेरो नयन को तारा तिमी थियौँ
यो जीवनको साहारा तिमी थियौँ
म सँगको सम्बन्ध टुटाई जाने
हो तिम्रो नै भाग्य हारा तिमी थियौँ
टुसाएको प्रेम मारा तिमी थियौँ ।

✍️सिमा कार्की “समर्पण” काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...